रत्ननगरमा विपद् प्रतिकार्य तालिम सुरु

रत्ननगर २७ फागुन । चितवनको रत्ननगरमा सामुदायिक विपद प्रतिकार्य तालिम सोमवारदेखी सुरु भएको छ । रत्ननगर नगरपालिकाको सहकार्यमा नेपाली सेना श्री नं. २ विपद व्यवस्थापन गण रसौलीको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै रत्ननगरका मेयर नारायण वनले विपदलाई सामान्य ढंगले हेर्न नहुने भन्दै पुर्व सजगता अपनाउनु पर्ने वताए । नगर भित्र पर्ने सम्भावित विपद नहोस भनेर नगरपालिका सचेत समेत रहेको मेयर वनले वताए । मेयर वनका अनुसार वाढीलाई मध्यनजर गर्दै नगरपालिकाले उद्धार भवन वनाउन लागेको पनि जानकारी दिए । उपमेयर विमला दुवाडीले विपदले आउँदा संकेत नदिने भएकाले अग्रिम सचेत वन्नु पर्ने वताईन् । नेपाली सेना श्री नं. २ विपद व्यवस्थापन गण रसौलीका गणपति राजेन्द्र पराजुलीले विपदका लागि नेपाली सेनाले दीर्घकालिन र अल्पकालिन योजना वनाएर काम गरिरहेको वताए । उनका अनुसार भुकम्पीय जोखिमबाट विश्वमा नेपाल ११ औं स्थान र बाढी पहिरोको जोखिमबाट ३० औं नम्वरमा रहेको छ । चार दिन सम्म चल्ने तालिममा नेपाली सेनाले विपद व्यवस्थापन,विपद व्यवस्थापनमा सेनाको भुमिका,बाढी र पहिरो,उद्धार सामाग्री,अग्नी नियन्त्रण,भुकम्प,खोज तथा उद्धारको तरिका,विपदमा प्राथमिक उपचार लगायतका विषयमा प्रशिक्षित गर्नेछन् ।