मानव बेचबिखन विरुद्ध नारायणगढमा माइती नेपालकाले घुम्ती सचेतना

चितवन, २६ फागुन । मानव बेचबिखनको ट्रन्जिट बन्दै गएको चितवनमा सचेतना जगाउने उद्देश्यले नारायणगढ बजार क्षेत्रका होटलहरुमा घुम्ती सचेतना कार्यक्रम गरिएको छ ।
नारायणगढका होटलहरुबाट मानव बेचबिखनका क्रियाकलाप हुने गरेकाले यसको नियन्त्रणका लागि होटल व्यवसायीलाई सचेत बनाउन आइतबार संयुक्त घुम्ती सचेतना गरिएको हो । माइती नेपाल चितवनको आयोजनामा गरिएको घुम्ती सचेतनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । होटलहरुबाट ललाईफकाई गरेर भारत तथा तेस्रो मुलुक पु¥याएको घटना पाइएकाले यसको रोकथामका लागि कार्यक्रम गरिएको माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरिले बताए ।
होटल व्यवसायीहरु सचेत भएर माइती नेपाल तथा प्रहरीलाई खबर गरेको अवस्थामा मानव बेचबिखन रोक्न सकिने गिरिको भनाइ छ । केही समय अगाडि बेचबिखनका लागि भारत लैजाने तयारी गरिरहदा नारायणगढबाट महिलाहरुको उद्धार समेत गरिएको थियो । होटलमा कोही शंकास्पद व्यक्तिहरु आएमा तुरुन्त प्रहरी तथा माइती नेपाललाई खबर गरेर मानव बेचबिखन विरुद्ध सहयोग गर्नका लाग मव्यवसायी, कर्मचारीहरुलाई आग्रह गरिएको थियो । व्यवसायीले माइती नेपाल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई खबर गरेमा बेचबिखन गर्ने गिरोहलाई गोप्य तरिकाले पक्राउ गर्न तथा बेचिन लागेको व्यक्तिको उद्धार गर्न सकिने भन्दै घुम्ती सचेतना कार्यक्रम गरिएको हो ।