गगनको प्रश्न– सीके राउत प्रकरणमा अदालत र सरकारबीच कतै मिलेमतो त छैन ?

 

काठमाडौं,फाल्गुन २६  ।नेपाली कांग्रेसका सांसद गगन थापाले पृथकतावादको नारा लगाइरेको स्वतन्त्र मधेश गठबन्धबीच भएको सहमतिको आआफ्नै व्याख्याले समस्या उत्पन्न भएको बताएका छन् ।

आइतबार संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले सहमतिमा प्रयोग भएको शव्दावलीमा दुई पक्षको आ–आफ्नो व्याख्याले सकारात्म वातावरणलाई संशयमा ल्याएको बताए ।

‘सहमतिमा प्रयोग भएको शव्दावलीमा दुई पक्षको आआफ्नो व्याख्याले सकारात्म वातावरणलाई संशयमा ल्याएको छ’ सांसद थापाले भने,‘केका लागि जनमत संग्रह कसका लागि जनमत संग्रह, हामीलाई उत्तर चाहिन्छ ।’

नेपालको सरकार र पृथकतावादको नारा लिइरहेको गठवन्धनबीच संविधानको हक भित्र मधेस र मधेशीको हक खोज्ने भनी भएको सहमति सकारात्मक भएपनि सहमतिको पृष्ठभूमी र शैलीले अदालत र सरकारको बीच कतै मिलेमतो त छैन भन्ने गम्भीर प्रश्न उठाएको थापाले बताए ।
यसबिषयमा सरकारले सदनमा जानकारी गराउनु पर्ने सांसद थापाको माग थियो ।