सुन्धारा होटल व्यवसायीसंघद्धारा रक्तदान (फोटोफिचर)

 

काठमाडौं, २६ फागुन । सुन्धारा होटल व्यवसायी संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुर रक्त सञ्चार केन्द्रको सहकार्यमा राजधानीमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेक छन् ।

बढ्दो मात्रामा रगत अभाव भएपछि यसको अभावन नहोस् भन्ने हेतुले आफुहरुले रक्तदान कार्यक्रम आयोजन गरेको कार्यक्रम संयोजक शंकर भण्डारीले जानारी गराए ।

अस्पतालमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको सुन्धारा होटल व्यवसायी संघका अध्यक्ष बुद्धि बहादुर बस्नेतले बताए ।

सो संस्थाले दैवी प्रकोप, सामाजिक तथा शैक्षिक क्षेत्रमा नियमित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
रक्तदान कार्यक्रमका संयोजक शंकर भण्डारीले एक थोपा रगतका कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बाँच्न सक्ने भन्दै रक्तदानजस्तो पवित्र कार्यमा सहभागी हुने सबैलाई आभार प्रकट गरेका थिए ।
रक्तदान कार्यक्रम सहभागि सबैलाई संघको तर्फबाट प्रमाणपत्र व्यवस्था गरिएको थियो ।