१०५ किलो चरेशसहित तीनजना पक्राउ

काठमाडौं, फागुन २६ । प्रहरीले १०५ केजीसहित धादिङबाट तीन जनालाई पक्राउ गरेको छ।  काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसमा लुकाई राखेको १०५ किलो चरेशसहित  धादिङको गजुरीबाट तीन जनालाई नियन्त्रणमा लिइएको धादिङ प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बस चालक लालबहादु शाह समेत छन्।  अन्यमा  अनिल चौधरी र श्रीराम साह रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई आइतबार बिहान ११ बजे पत्रकार सम्मेलन गरी थप जानकारी दिने प्रहरीले बताएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।