अन्तराष्ट्रिय माउन्टेन बाईक प्रतियोगिताको उपाधि क्यानेडाका कोरीलाई

 

स्याङजा, २५ फागुन । स्याङजाको वालिङमा सम्पन्न सय किलोमिटर अन्तराष्ट्रिय माउन्टेन बाईक प्रतियोगिता वालिङ ९ज्ञण्ण्० हन्ड्रेड अल्टिमेट एमटीवी च्यालेन्जको उपाधि क्यानेडाका कोरी वालेसले जितेका छन ।

वालेसले १०० किलोमिटर ६ घण्टा २० मिनेट ५८ सेकेन्डमा पार गरेर उपाधि हासिल गरेको वन्डरफुल वन्डरफुल वालिङ पर्यटन विकास संस्थाका अध्यक्ष दिनकर नेपाल बताउनु भएको छ ।

प्रतियोगितामा दुई जना क्यानेडियन नागरीक र २६ जना नेपाली नागरीक सहित २८ जनाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा महिला तर्फ लक्ष्मि मगर प्रथम भएकी छन । एमटीवी च्यालेन्जको बिजेतालाई टाईटल पुरस्कार ५ लाख र महिला तर्फ प्रथम पुरस्कार ३ लाख रुपैया रहेको छ ।

वन्डरफुल वालिङ पर्यटन विकास समितिले स्याङजाको पर्यटन प्रर्वद्धनको लागि कल्चर, नेचर र एड्भान्चर अन्तर्गत वालिङ हन्ड्रेड अल्टिमेट एमटिवी च्यालेन्ज प्रतियोगता आयोजना गरेको हो ।