सद्भाव सामुदायिक बिकास संस्थाको १३ औं वार्षिक साधारण सभा

भरतपुर फागुन २५ । सद्भाव सामुदायिक बिकास संस्था अमरवस्तीले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । भरतपुर ६ स्थित रहेको संस्थाले अमरवस्तीको दुर्गा मन्दिरमा एक कार्यक्रम गर्दै आफ्नो साधारण सभा सम्पन्न गरेको हो। स्थानीय स्तरमा छरिएर रहेको रकमलाई वचत गर्दै लगानी गर्ने उद्देश्यले सद्भाव सामुदायिक बिकास संस्था को स्थापना गरिएको थियो । संस्थाका अध्यक्ष कुमार राउतका अनुसार हाल २४ लाख ७० हजार बढी रकम संस्थामा रहेको छ । भने प्रति व्यक्ति वचत रकम ४० हजार बढी रहेको छ ।हाल यस संस्थामा ६० जना भन्दा बढी व्यक्तिहरु आवद्ध रहेको संस्थाका लेखा समिती सदस्य सरद् चन्द्र न्यौपानेले जानकारी दिनुभयो ।