१० वर्षमा दुर्घटना भयावह बन्छ : प्रदेश ट्राफिक प्रहरी

चितवन, २५ फागुन । ३ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नेपालमा सवारी दुर्घटना वढ्दै गएको छ ।
दुर्घटना वढेसंगै यसका कारण मृत्यु हुनेहरुको संख्या पनि वढेकै छन् । साँघुरो सडकको संरचना र सवारी चाप वढ्दै जानु दुर्घटना प्रमुख कारक रहेको ३ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक नविनराज राईले वताए । उनका अनुसार सडक दुर्घटनाबाट नेपालमा दैनिक ७ जनाले ज्यान गुमाने गरेका छन् ।

 

 

 

चितवनमा भने महिनामा सरदर १६ जनाले ज्यान गुमाई रहेका छन् । नेपालमा सवारी दुर्घटना तीव्र रुपमा वढ्दै गएको छ ट्राफिक प्रहरी उपरिक्षक राईले भने – यही अवस्थामा अवको १० वर्षमा दुर्घटनाले भयावह रुप लिन्छ ।
दुर्घटना न्युनिकरणका लागि सडक संरचना सुधार गर्नु पर्ने,सवारी चालक,ट्राफिक प्रहरी सचेत हुनु पर्ने,सवारीको वेला वेलामा जाँच गराउनु पर्ने ट्राफिक प्रहरी उपरिक्षक राईले वताए ।