महिला नेतृ सरिता केसीलाई नारी अभ्युदय र ईनरब्हिल भरतपुरद्धारा सम्मान

 

चितवन फागुन २५ । चितवनमा नारीहरुको पक्षमा कार्य गर्दै आएको नारी अभ्युदय केन्द्र र ईनरब्हिल क्लव भरतपुरले महिला अधिकारकर्मी सरिता केसीलाई सम्मान गरेको छ । चितवनमा जिल्लामा रहि महिलाहरुको हक अधिकारको लागि लड्दा लड्दै उच्चरक्तचापले थला पर्नु भएकी केसीलाई दुवैसंस्थाको तर्फबाट नगद १५ हजार सहित सम्मान गरेको हो ।
लामो उपचार पछि अहिले सुधारको अवस्थामा रहनु भएकी केसीलाई एक कार्यक्रमका विच भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले सम्मान गर्नु भएको हो ।

सम्मान गर्दै उपप्रमुख शाहले महिलाहरुको हक अधिकारको क्षेत्रमा लाग्नु भएकी केसीलाई सम्मान गरेर उदाहरणीय कार्य गरेको बताउनु भयो । उहाँले महिलाहरुले पनि पुरुषहरु सरह कार्य गर्न सक्छन भन्ने सोचको विकास हुनु आवश्यक रहेको बताउनु भयो । १ सय नवौ नारी दिवसको अवसर पारेर गरिएको नारी सम्मान तथा सचेतना कार्यक्रममा अधिवक्ता फुलमाया रानाभाट, ईनरब्हिल ईन्ँटरनेशनलकी अन्र्तराष्ट्रिय सेवा अफिसर मन सेन, भरतपुर वडा नम्वर १का कार्य बाहक अध्यक्ष राममाया श्रेष्ठ, उधोग बाणिज्य संधकी सदस्य रजनी मास्के लगायतले बोल्नु भएको थियो । कार्यक्रम दुवै क्लवकी अध्यक्ष सत्या गुरुङको सभापतित्वमा सम्पन्न भएको हो ।