नेकपा भ्याकुता जस्तै फुलेको छ : अध्यक्ष लोहनी

चितवन, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का केन्द्रीय अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले सरकारको कार्यशैली प्रति असन्तुष्ट जनाएका छन् । चितवनको भरतपुरमा आज आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गर्दै अध्यक्ष लोहनीले प्रतिपक्षी लुते भएको तथा नेकपा दुई तिहाईको दम्भले भ्यागुता जस्तै फुलेको बताए ।
सरकार स्थीर हुँदैमा सुशासन नआउने कुरा वर्तमान सरकारले प्रष्ट पारेको लोहनीले बताए । वर्तमान दुई तिहाईको सरकार हुँदा सुशासनको नाममा कुशासन आएको बताए । चितवनलाई आर्थिक केन्द्र बनाएर मुलुकको विकास गर्नुपर्छ भनेर आफूहरु सरकारमा हुँदा भारतसँग पानी जहाजको सम्झौता गरेको भएपनि त्यसपछिको सरकारले त्यसलाई निरन्तरता नदिएको लोहनीले बताए ।
सन् १९९६ मा आफू परराष्ट्र मन्त्री हुँदा चितवनबाट कोलकत्तासम्म पुग्ने गरि पानी जहाज सञ्चालन गर्न प्रकृया अगाडि बढाएको भएपनि त्यो प्रकृयाबीचमा नै रोकिएको लोहनीेले बताए । पानी जहाज चलाउन मिल्ने गरि भैँसालोटनको पुल निर्माण गरिएकाले नारायणीलाई प्रयोग गर्दै नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्न सक्ने लोहनीले बताए । देशको राजधानी काठमाडौं भइरहदा चितनवन आर्थिृक राजधानी बन्ने प्रसस्त सम्भावनाहरु भएको लोहनीको भनाइ छ ।