जेठ ३ बाट नारायणी नदिमा जहाज चल्छ : मन्त्री लामा

चितवन २४ फागुन । प्रदेश नम्वर ३ का भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आगामी जेष्ठ ३ गतेदेखी नारायणी नदिमा पानी जहाज चल्ने दावी गरेका छन् ।
राप्ती नगरपालिका ७ सिक्सगु्रपमा ज्योती मार्ग तथा कल्र्भटको शुक्रवार उद्घाटन गर्दै मन्त्री लामाले मन्त्री लामाले चितवनको दासढुंगादेखी गाजीपुर सम्म पहिलो चरणमा पानी जहाज चलाउने वताए ।
पहिलो चरणमा करिव २ सय जना क्षमताको जहाज चलाईने मन्त्री लामाको भनाई थियो । पाँच वर्षपछि कम्युनिष्ट पार्टीलेनै सरकार चलाउने उनले वताए । सरकारको अहिलेको कामले अवको सरकार एकलौटी रुपमा कम्युनिष्टले चलाउने मन्त्री लामाको जिकिर थियो । मन्त्री लामाले आगामी आर्थिक वर्षमा वृद्धभत्ता वढाउने जानकारी दिए ।