राजनितिमा महिला सहभागिता र चुनौति

नारी तिमि हौ सबको आशा
कुन शब्दमा दिउ परिभाषा..?
खुशिको संसार हौ तिमि..!
प्रेम को आकार हौ तिमि ..!
घर आँगन लाइ उज्यालो पार्ने सुर्यको चमकार हौ तिमि ..!
कहि कोमल गुलाब जस्तै…
कहि सक्तिको अबतार जस्तैै ……
कहिले इश्वोर को चमत्कार जस्तै..!
नारी तिम्रो रुप अनेक ..
कुन सब्दमा दिउ परिभाषा ..?
नारी तिमि हौ सबको आशा ..!!

राजनितिक सहभागिता माथि नै बिबिध टिक्का टिप्पणि भई रहेको र राजनिति एउटा फोहोरी खेल हो भन्ने जस्ता गलत ब्याख्या भईरहेको बर्तमान अवस्थामा राजनितिमा महिलाको सहभागिताको अवस्था अत्यन्तै नगन्य छ प्लस २ मा अध्ययनरत हाम्रा नानिहरुले अमेरिका ,अष्ट्रेलिया का बारेमा प्रशस्त जानकारी राखेका हुन्छन तर नेपालको राजनिति र यहाँका प्रधानमन्त्रि मन्त्रिका बारेमा खासै चासो राखेको पाईदैन..यहिबाट नयाँ पुस्ताका महिलाको राजनितिमा रुची कति छ ..? भन्ने कुरा प्रस्ट हुन्छ ।
घरमा बिहानको घामको उदय भन्दा महिलाको दैनिकी छिटो सुरु हुन्छ । महिलाका लागि सुर्य पनि छिट्टै उदाउँछ । तर सोचिन्छ, त्यो छिट्टै उठेर गरिने काम ‘काम’ नै हैन । घरको काम त काम जस्तै मानिदैन ।
घरमा श्रीमान्ले श्रीमतीलाई भान्छामा के सघाउँ भन्दैन । बच्चा बिरामी हुँदा बच्चाको ख्याल पुर्ण रुपमा श्रीमतीले नै हेरिदिए हुन्थ्यो भन्ने आशा राख्छ । चिया श्रमतीले पकाएर दिए हुन्थ्यो, कपडा धोई दिए हुन्थ्यो । अनि, कुचो लगाउने, घरधन्दा गर्ने सबै सबै काम महिलाले नि गरिदिए हुन्थ्यो भन्ने अपेक्षा श्रीमान्को हुन्छ ।अहिलेको महिला आन्दोलन र महिला दिवस त यहीँबाट सुरु हुन्छ, आफ्नै घरबाट ।
नेपालको राजनितिमा निर्णायक तहमा महिलाको सक्रिय सहभगिता न हिजो थियो, न बर्तमानमा देखिदैछ र भबिस्यमा पनि त्यस्तो उर्जावान महिलाहरुलाई नेत्रित्व तहमा लैजान पार्टी पङतिले खासै ध्यान पु¥याएको देखिदैन । यत्तिमात्र कहाँ हो र एउटा श्रीमान्ले समाजमा पाउने सम्मानमा श्रीमति सबैभन्दा खुशि भएको पाउछाँै तर त्यसको ठिक उल्टो श्रीमतिले पाएको सामाजिक भुमिका र सम्मानमा खुशि हुने सामथ्र्य राख्ने पुरुष भेटाउन मुश्किल पर्छ भन्दा अपराध नहोला ..!!
आफ्ना छोरी चेलिलाई राजनेता बन्ने ठाउँ सम्म पुग्ने वा पुर्याउने कल्पना सम्म पनि गर्न गाह्रो मान्ने गहिरो जरा गाडेको पुरुष प्रधान हाम्रो मुलुकमा महिला अगडि बढ्न थाले भने उनिहरुको छमता कार्यकुशलतालाई पुरै बिर्सियर चरित्र सङ लगेर जोडिदिने प्रवृति राजनितिमा हाबी छ । जसका कारण महिलाहरु घरपरिवारबाटै टाडा पुग्न पनि बाध्य हुन्छन् । कतिपय अवस्थामा राजनितिक) सामाजिक जिवन र परिवार मध्ये एउटालाई मात्र रोजेर अगाडि जानुपर्ने बिबिध बाध्यात्मक परिस्थिति आईलाग्छ र यि दुबै मध्ये धेरैले राजनितिक यात्रालाई बिचबाटोमानै तिलाञ्जली दिन बाध्य पारिएको उदाहरण हाम्रा अगाडि प्रशस्तै भेटिन्छन् । सम्भवत ईतिहास देखि आजसम्म नेतृत्वमा पुगेका महिलाहरुको चरित्रको गलत टिक्का टिप्पणी न सुनियको भाग्मानि महिल हरु बिरलै होलान ।
सरसर्ति हेर्दा देशका महत्वपुर्ण निकाएमा महिला प्रमुख हुने क्रम बढिरहेको देखिएता पनि राष्ट्र प्रमुख महिला भएकै आधारमा समग्र महिलाको अवस्था सुदृढ छ भन्न सक्ने अवस्था छैन ।
महिलाको निर्णयमा सहभगिता नारामा मात्र सकारात्मक भएर पुग्दैन । समाजको महिलाप्रति हेर्ने दृष्टिकोण पनि सकारात्मक हुनु पर्दछ । तल्लो तह देखि महिलालाई सम्मानजनक उपस्थिति नगराईने हो भने संबिधानको आवश्यक कोटा पदपुर्ति गर्नको लागि जिम्मेवारी दिएर कार्य दक्षतामाथि एकैपटक प्रश्न उठाउनुको कुनै तुक छैन ..!! “राजनितिमैै जिवन समर्पण गर्छु र देश र समाजको सेवा गर्छु“ भन्ने पबित्र उदेश्य लिएर घरबाहिर निस्केका महिलालाई समाजका सबै प्रकारका खराब तत्वहरुबाट जोगाई सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरणा दिनुनै आजको मुख्य आवश्यकता र कुशल नेतृत्वको दायित्व होे ..!!
बदलिदो सामाजिक परिबेश अनुसार राजनितिमा महिला सहभागिता नारामा मात्र सिमित नभई निर्णायक तहमा महिलाको सम्मानजनक सहभागिता अबको बहसको बिषय बनाउनु जरुरी छ ।
अन्तर्राष्ट्रिय नारि दिवशको अवसरमा सम्पुर्णमा सुभकामना..!

देवकी गौतम

जिल्ला सदस्य नेपाली कांग्रेस चितवन