सरकारको लक्ष्य : न खर्च गर्न सक्यो, न राजस्व संकलन

काठमाडौं,२३ फागुन । सरकारले यस वर्षको बजेटमा निर्धारित खर्च। राजस्व संकलन वैदेशिक ऋण र अनुदान परिचालनका लक्ष्य घटाएको छ । साउनदेखि पुससम्मको प्रगति उल्लेख्य हुन नसकेको देखाउँदै अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत मंगलबार लक्ष्यहरु घटाएको हो ।

पुँजीगत खर्च १४।५ प्रतिशत, चालु खर्च ५।६ वित्तिय व्यवस्थापन खर्च १३ प्रतिशतले घटाइएको छ । यसले समग्र खर्च ८।८ प्रतिशत कम हुने अनुमान छ । राजस्व संकलन लक्ष्यभन्दा ३ प्रतिशत कम हुनेछ । मध्यावधि समीक्षामार्फत अन्य लक्ष्य मात्रै घटाउने परम्पराविपरीत यस पटक राजस्व संकलनको लक्ष्यसमेत घटाइएको हो । वैदेशिक सहायता र ऋण क्रमशः ३२ र ३५।६ प्रतिशत कम हुने गरी लक्ष्य संशोधन गरिएको छ ।

विगतका वर्षहरुमा जस्तै विकास बजेट सबैभन्दा कम खर्च हुने भएको छ । विकास बजेट ९पुँजीगत० तर्फ ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ छुट्याएकामा २ खर्ब ६५ अर्ब २६ करोड मात्रै खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ । आजको कान्तिपुरमा खबर छ ।