प्यारासुट नखुल्दा एक सैनिक आकाशबाट जमिनमा खसे

काठमाडौँ, २० फागुन । प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प गर्ने क्रममा एक सैनिक घाइते भएका छन् । उनी सिधै आकाशबाट जमिनमा खसेका छन् ।

टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट नखुलेपछि सेनाका हवल्दार पूर्णबहादुर भण्डारी अनियन्त्रित भएर काठमाडौँ मल नजिकै फुटपाथमा खसेका हुन् । उनको अहिले वीर अस्पताल उपचार भइरहेको छ ।

सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको पुष्टि गरे । प्राविधिक कारणले सही अवस्थाले ल्याण्ड ढकालले बताए ।

नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ । त्यही परम्पराअनुसार सेनाले आज आयोजना गरेको कार्यक्रममा सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थिति छ ।

सैनिक मञ्च टुँडिखेलमा अहिले जारी कार्यक्रममा सैनिक ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै विभिन्न साहसिक खेलहरु भइरहेका छन् ।