वन्यजन्तु नेपालका अमुल्य निधि : मेयर नारायण वन

रत्ननगर १९ फागुन । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले वन्यजन्तु जोगाउने दायित्व हामीसबैको भएको बताएका छन । विश्व वन्यजन्तु दिवसको अबसरमा सौराहामा आयोजित एक कार्यक्रममा उनले वन्यजन्तु नेपालका अमुल्य निधि भएकाले यसलाई जोगाउने दायित्व सबैको रहेको स्पष्ट पारे ।

निकुञ्जमा गैंडा,बाघ लगायतका वन्यजन्तु रहेका कारण चितवन पर्यटकीय क्षेत्रको रुपमा विका भइरहेको भन्दै उनले पर्यटन विकासका लागि पनि वन्यजन्तु जोगाउनु पर्ने मेयर वनले बताए ।

वन्यजन्तुकै कारण यहाँको पर्यटन चलेको छ,समुदायले जीविका चलाएका छन उनले भने बाच्ने आधार खडा गर्न पनि संरक्षण आवश्यक छ । सौराहाबाट निस्कने फोहोरले राप्ती नदि प्रदुषण भइरहेको भन्दै उनले सौराहाको फोहोर संकलन र व्यवस्थापनको लागि नगरपालिकाले प्राथमिकता दिएको बताए ।