निम्न आए भएका १२ घरधुरी दलितलाई धारा बितरण

पूर्ण प्रसाद शर्मा
चितवन  १९ फाल्गुण । चितवन नेपाली काग्रेसका नेता तथा प्रदेश सांसद बलराम पौडेलले उत्कृष्ट दलित छात्र, छात्रादाई पौडेलले निःशुक्क पढाईदिने घोषणा गरेका छन् ।
पौडेलले आज भरतपुर महानगरपालिका दलित उपभोक्ता समिति वडा नं १७ ले आयोजना गरेका खानेपानीको धारा बितरण कार्यक्रममा सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश सांसद पाडैलले आर्थिक स्तर बृद्धिका लागि बित्तिय साक्षरता कार्यक्रम जरुरी रहेको भन्दै त्यस्ता कार्यक्रका लागी आफुले पहल गर्ने बताए ।
उनले कक्षा १० को परिक्षामा डिष्टिङसन ल्याउने दलित बिद्यार्थीहरुलाई बिज्ञान बिषय लिई ११/१२ कक्षा पढ्दा लाग्ने सम्पूर्ण खर्च आफुले ब्याहोर्ने बताए । ग्लानी र निराशा प्रगतीको बाधक बताउदै पाडैलले सकारात्मक सोचका साथ काम गर्न सबैलाई आग्रह गरे । पानी शुद्ध बनाएर पिउन सके धेरै प्रकारका रोगबाट बच्न सकिने बताउदै यो कार्यलाई सहयोग पु¥याएकोमा दलित उत्थान समिति लाई धन्यवाद दिए ।
6
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष ललितमान तामाङले वडाको बिकासका लागि बिभिन्न समितिहरु बनाएको बताउदै सबैको सहकार्यबाट वडाको बिकास गर्ने लक्ष्य आफुले लिएको बताए ।
उनले वडाबासीलाई बिभिन्न समितिमा रहेर काम गर्न आग्रह गर्दै इमान्दारिताका साथ पारदर्शी भएर काम गरे लक्ष्यमा चाँडै पुगिने बताए । सिमित स्रोत र साधनका कारणले भने जति काम गर्न नसकिएको जानकारी दिए ।
ब्यवस्थापनलाई आफुहरुले उच्च प्राथमिकता र्दिकाले आफ्नो कार्यकालमा वडा १७ लाई भरतपुर महानगरको उत्कृष्ट वडा बनाउन आफु सफल हुने बताए ।
दलित उत्थान समितिले वडा नं १७ मा स्थायि बसोवास गर्ने तथा निम्न आए भएका ज्ञान बहादुर बि.क., पम्फा बि.क., लक्ष्मण बि.क.,पबित्रा बि.क.,खुसीराम सार्की, एक बहादुर परियार,बलबहादुर बि.क.,रामदश सार्की, टेक बहादुर परियार र जानकी नेपाली लाई धारा प्रदान गरेको हो ।
भरतपुर महानगर वडा नं १७ ले आर्थिक बर्ष ०७५/०७६ मा लक्षित बर्ग कार्यक्रम अन्र्तगत बिनियोजित बजेट रु १ लाखबाट १२ जनालाई खानेपानीको धारा बितरण गरेको हो । बितरण गरेको धाराको समिति र वडा कार्यालयले अनुगमन गर्ने छ ।
कार्यक्रमा भरतपुर महानगरपालिका वडा नं १७ की वडा सदस्य लक्ष्मी महतो, स्थानिय भक्त बहादुर गुरुङ, बुद्धिमान तामाङ, रामजित घले लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
दलित उत्थान समिति वडा नं १७ की अध्यक्ष तथा वडा नं १७ की बडा सदस्य सरस्वती सुनारको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा सुनारले भरतपुर महानगरपालिका वडा नं १७ मा ४५० घरधुरी दलित रहेको जानकारी दिईन् ।