खेतमा बालिका बलात्कार गर्ने पक्राउ

सिरहा,फागुन १९ । बालिकालाई बलात्कार आरोपमा प्रहरीले गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ ।महराले छिमेकी १२ वर्षीया बालिकालाई खेतमा बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महरा शुक्रबार बेलुका खेतमा बालिकालाई बलात्कार गरेर फरार भएका थिए । बलात्कारपछि उनलाई लुकिराखेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।