तरकारी ढिलो पकाएको निहुँमा श्रीमतीलाई गोली हान्ने पक्राउ

बागलुङ, फागुन १९ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमतीलाई गोली प्रहार गरी फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीलाई गोली प्रहार गर्ने दर्लिङ्ग–७  पात्ले कटरियाका ३५ वर्षिय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो। घर्तीले तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमति बालकुमारी घर्तीलाई बरुवा बन्दुक प्रहार गरी घाईते बनाएका थिए।

गोली प्रहार पछि फरार रहेका घर्तीलाई उनकै घरबाट पक्राउ गरेर जिल्ला चलान गरेको भीमगिठे प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भोजबहादुर बानियाले जानकारी दिए।

घाईते  बालकुमारी र उनका श्रीमान दुवैलाई आवश्यक अनुसन्धानको लागि जिल्ला पठाएको बानियाको भनाई छ।