रत्ननगरमा दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्टी सम्पन्न

चितवन, १७,फागुन । “सुरक्षित साकोस ःदीगो अभियान” भन्ने नाराका साथ आज रत्ननगरमा दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्टी सम्पन्न भएको छ । रत्ननगर ७ सोराहामा रहेको पञ्चतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नेपाल बचत तथा ऋण सहकारी संस्थाको प्राविधिक सहयोगमा कार्यशाला गोष्टी कार्यक्रम गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रत्ननगर नगरपालीका वडा ७ का वडा अध्यक्ष लाल वहादुर भट्ट रहनु भएको थियो ।
कार्यक्रममा १४ ओटा सहकारी वाट २८ जनाको सहभागिता रहेको सो कार्यक्रममा नेफ्स्कूनका अधिकृत सुरज चालीसेले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रम पञ्चतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेका अध्यक्ष सुजता विष्ट पाण्डेको अध्यक्षतामा समपन्न भएको थियो ।