सन्दीपको दुई विकेट

 

काठमाडौं, १७ फागुन । पाकिस्तान सुपर लिगमा बिहिबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । लाहोर कराँची किंग्ससँग बिहिबार भएको खेलमा लाहोर कलन्दर्ससँगको खेलमा चार ओभरमा १७ रन खर्चेर दुई विकेट लिएका थिए ।

बिहीबार राति भएका खेलमा लाहोर कराँची किंग्ससँग पाँच विकेटले पराजित भएको हो । १३४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कराँचीले १९ ओभर १ बलमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १३३ रन बनाएको थियो । लाहोरका लागि एबी डिभिलियर्सले ३३ र सोहिल अख्तरले अविजित २९ रन बनाएका थिए ।