चितवनको एक कवाडी सङ्कलन केन्द्रमा आगलागी

चितवन, १७ फागुन । चितवनमा एक कवाडी संकलन केन्द्रमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–४ लङ्कुको धर्मचोकमा रहेको कवाडी सङ्कलन केन्द्रमा बिहीबार राति १ः३० बजे आगलागी भएको हो जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रदीप गुप्ताद्वारा सञ्चालित सो केन्द्रमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो । दमकल, स्थानीयवासी, प्रहरी, नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको हो । आगलागी हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । केन्द्रमा रहेका कवाडीका सामान जलेर नष्ट भएको छ भने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।