इराकमा दुई हजार डलरमा नेपाली युवती किनबेच

 

काठमाडौं, १७ फागुन । इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेका खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पक्राउ गरेपछि घटना बाहिरिएको हो ।

पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अुनसार लक्ष्मी नेपालमै बसेर इरान जाने युवती खोज्ने र श्रीमान नारायण नयाँदिल्लीमा बसेर सेटिङ मिलाउने काम गर्थे ।

बस्नेत दम्पत्तीको गिरोहमा अन्य व्यक्ति पनि रहेको र उनीहरु फरार रहेको प्रहरीले जनाएको छ । नारायण र लक्ष्मीविरुद्ध भने मानव बेचबिखन र संगठित अपराधको मुद्दा सँगसँगै अघि बढाएको छ । यो समाचार नवराज मैनालीले नयाँ पत्रिकामा लेखेका छन् ।