बारामा हुरीको कहर : २३ जनाको मृत्यू, दर्जनौ घाईते !

पर्सा, १७ चैत। बारामा आज साँझको भीषण हावाहुरीबाट २३ जनाको मृत्यु भएको छ। साँझ करिब ८ बजेतिर गएको भिषण हावाहुरीमा परी २३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् । शाहीका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पुरयाएर उपचार भइरहेको छ ।

डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए। दैविक प्रकोपको विपत्ति आएको जनाउँदै सुरक्षाकर्मीलाई अलर्ट गरी उद्धार कार्य जारी रहेको बताइएको छ । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।