कमल ओली नेपाल आयुर्वेद व्यवसायी संघको नेतृत्वमा

चितवन, १७ चैत । नेपाल आयुर्वेद व्यवसायी संघ चितवनको आईतवार भरतपुरमा भएको भेलाले कमल ओलीको नेतृत्वमा पहिलोे जिल्ला शाखा गठन गरेको छ ।

पछिल्लो समय आयुवैद्धिक पद्धति तर्फ आम सर्वसाधारणको आर्कषण बढेसंगै चितवनमा आयुवैद्धिक उपचार केन्द्र पछि विस्तार हुदै गए पछि ब्यवसायीहरु संगठित हुन लागेका हुन् ।

यस्तै शाखाको उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, सचिवमा साधुराम भट्ट , कोषाध्यक्षमा हिरामणि शर्मा चयन हुनुभएको हो । भेलाले सदस्यमा गोविन्द पौडेल र गंगा कोइरालालाई छनोट हुनु भएको छ । भेला केन्द्रीय उपाध्यक्ष लेखनाथ कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।