राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा हिन्दुराष्ट्र घोषणाको माग राख्दै हस्ताक्षर अभियान

काठमाडौं,१७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दुराष्ट्र घोषणाको माग राख्दै हस्ताक्षर अभियान सुरु गरेको छ । राप्रपा नेपालले आइतबारदेखि हस्ताक्षर अभियानको सुरुवात गरेको हो ।

८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दुराष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन देशभर एकैसाथ हस्ताक्षर संकलन अभियानको सुरूवात गरेको राप्रपा नेपालले जनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुभारम्भ गरिएको छ ।

राप्रपाले देशैभरीबाट २३ चैत्र सम्ममा हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाउने जनाएको छ ।

यसअघि, राप्रपाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनस्थापनाका लागि दवाव दिन सरकारलाई ज्ञापन पत्र बुझाउनका लागि मेची–महाकाली अभियान पनि संचालन गरेको थियो ।