ओखलढुंगामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

ओखलढुंगा १७ चैत। ओखलढुंगाको मानेभन्ज्याङ–६ भडारेखोलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बा १६ च २२०७ नम्बरको जीप आज सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सोलुखुम्बुबाट काठमाडौं आउँदै थियो । मृतकको सनाखत हुन सकेको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।