२५ वर्षीया युवतीद्वारा गर्भवती बनाउने पुरुषलाई ६४ हजार रुपैयाँ दिने घोषणा

एजेन्सी –केही दिन देखि एक २५ वर्षीया युवतीले खुलेआम यौन प्रस्ताव राखेकी छन् । उनले इन्टरनेटमा आफ्नो तस्विर राखेर यौन प्रस्ताव गरेपछी संसारभरक मानिस आश्चर्यचकित परेका छन् ।पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूलाई गर्भवती बनाउने पुरुषले पारिश्रमिक समेत दिने समेत बताएकी छन् । उनले इन्टरनेटमा आफूलाई गर्भवती बनाएर पैसा लिन आह्वान समेत गरेकी छन् ।

उनले आफुसँग यौनसम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो ९करिब ६४ हजार नेपाली रुपैयाँ० पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् ।बेलायती अखबार द मिररकाअनुसार उनले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु’, उनले फेसबुकमा लेखेकी छन् ।