शसस्त्र प्रहरीको गाडीले स्कुटरलाई ठक्कर दिएपछि (भिडियो)

काठमाडौँ,१६ चैत । सामाजिक संजालमा एउटा भिडियो भाइरल भै रहेको छ।सामाजिक संजालको फेसबुकमा हिजो सन्जिब लामा तामांग नाम गरेको फेसबुक एकाउन्ट बाट “हैन यो एपिएफ को गाडिले गर्न खोजेको चै के हो” भन्दै एउटा भिडियो अप्लोड भयो। त्यही भिडियो अहिले सयौं ले शेयर गरेका छन।

भिडियो यस्तो थियो

काठमाडौको जस्तै देखीने सडकमा एकजना आफ्नै सुरमा मोटरसाइकलबाट गोप्रो क्यामाराको माध्यमले भिडियो खिचीरहेका हुन्छन। बाइक आफ्नै रफ्तारमा अगाडि बड्दै गर्दा दाइने तर्फ बाट आर्म पोलिस फोर्स लेखेको बा१ झ ९५२७ सेतो नम्बर प्लेटको गाडिले ओभरट्याक गर्छ। ओभर ट्याक गरेपछी आफ्नै लेनमा हिडिरहेको सोही गाडीले आफ्नै लेन बाट हिड्दै गरेको स्कुटर लाई सेपेर लडाइ दिन्छ र गाडिको पछाडि प्रहरी पनि हुन्छन उनिहरुले सबै घटना देखि रहेको हुन्छ । तर लडेको स्कुटरमा सवार दुई जनाको उद्दार गर्नु को सट्टा गाडि ब्रेक समेत नहानी त्यहा बाट हुइकिन्छ।

ससस्त्र प्रहरी लाई अहिले बिपत्त ब्यबस्थापन र उद्दारको लागि बढि चिन्निन्छ। तर ससस्त्र प्रहरी को यो हर्कतले सर्बसाधरण अचम्मित भएका छन । सामाजिक संजालमा यो कार्यको चर्को बिरोध भै रहेको छ।

जिकज्याक सँग इमजेन्सी साईरन बजाएर हुइँकिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको गाडीले दुई जना सवार स्कुटरलाई ठक्कर दिएको थियो। एक सर्वसाधरणले खिचेको उक्त भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी सुरज कुमार श्रेष्ठले घटनाको जानकारी पाएकाले छानबिन भइरहेको बताए।

होइन यो APFको गाडीले के गर्न खोजेको??isn't this road for us??VIP security भन्दैमा यस्तो त गर्नु भएन नि solti.#fkoffshare this post if u agree

Publiée par Sanzip Lama Tamang sur Vendredi 29 mars 2019