सर्बशक्ति सहकारीको बार्षिकोत्सवमा रक्तदान र विद्यार्थी छात्रवृत्ति

शान्ता अधिकारी
चितवन, चैत १५ । भरतपुर महानगरपालिका २, क्षेत्रपुरमा रहेको सर्बशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) ले आफ्नो बार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान र गरिब तथा जेहन्दार विद्यार्थी छात्रवृति प्रदान गरिएको छ ।
सहकारीका अध्यक्ष मित्रराज दवाडीका अनुसार सहकारीको सामाजिक दायित्व अनुसार प्रत्येक बर्ष खुल्ला रक्तदान क्याम्प संचालन गर्दै आएको थियो, भने दुई बर्ष देखि शुरु गरेको शैक्षिक सामाग्री वितरण कार्य यस पटक महानगरको सुदुर पश्चिम दक्षिण वडा नम्बर २८ मा रहेको सरस्वती मावि जीतपुरका विद्यार्थीलाई प्रदान गरिएको छ ।
शुक्रबार सर्बशक्ति साकोसले आयोजना गरेको खुल्ला रक्तदानमा १०३ जनाले रक्तदान गरेका छन । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले रक्तदान गरेर उद्घाटन गर्नु भएको उक्त रक्तदान अभियानमा सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय आँपटारीबाट रक्तदानमा सहभागीता रहेको थियो ।
रक्तदान कार्यक्रम सहकारीका अध्यक्ष मित्रराज दवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो । बिहान ७ बजे वाट शुरु भएको रक्तदान मध्यान्न १२ः३० बजे सम्म गरिएको थियो ।
२०६८ सालमा स्थापना भएको सर्बशक्ति साकोस छोटो अवधिमा राम्रो प्रगति गरेको सहकारी मध्यमा पर्दछ । यस साकोसमा सात सय २० भन्दा बढी सदस्य रहेका छन् ।