आईपीएल क्रिकेटः मुम्बईको पहिलो जीत, मैदानमा बैंग्लोरका अजिब फ्यान

काठमाडौं,१५ चैत्र । भारतमा जारी १२ औं संस्करणको आएपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंग्लोर निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनमा समेटियो ।

बैंग्लोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७० रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान विराट कोहलीले ४६ रन जोड्दा पार्थिव पटेलले ३१ रन बनाए । मोइन अली १३ रनमा आउट भए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई दिल्ली क्यापिटल्ससंग ३७ रनले पराजित भएको थियो ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा बैंगलोर साबिकको विजेता चेन्नई सुपर किङ्ससंग ७ विकेटले पराजित भएको थियो ।