विप्लवका तीन कार्यकर्ताद्धारा पार्टी परित्याग

गोरखा,१४ चैत । प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले धमाधम पार्टी छाड्न थालेका छन् ।
वुधवार सिरानचोक गाउँपालिका– चोरकाटेका अनिल कुमाल, गकुल कुमाल र मेघरस कुमालले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको पार्टी छाडेको घोषणा गरेका छन् । यस अघि अनिल कुमाल पार्टीको जिल्ला सदस्य, गकुल कुमाल पार्टीको युवा कमिटि सदस्य र मेघरस कुमाल इलाका कमिटि सदस्यको रुपमा काम गर्दै आएका थिए । ‘विप्लव नेतृत्वको पार्टीमा हामी आवद्ध थियौ तर पछिल्लो समयमा पार्टीलेगरेका गलत क्रियाकला प्रति हामी बिमति रह्यौ र यस्ता क्रियाकलापले अहिलेको सन्दर्भमा पार्टीलाइ सही निष्कर्षमा पु¥याउदैन भन्ने हामीलाइ लाग्यो र आजकै मितिबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी स्वतन्त्र नागरिकको रुपमा रहेको कुरा जानकारी गराउछौ,’ बिज्ञप्तिमा भनिएको छ । गत शनिबार विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका भोला भुजेल, जिल्ला सदस्य विशाल गजुरेल र भरत कोइराला सत्ताधारी नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० प्रवेश गरेका थिए ।