सपनाद्धारा महिला निशुल्क नेचर गाईड तालिम

चितवन, १३ चैत । चितवन राष्ट्रिय निकुञ्जमा महिलाहरुलाई पहिलो पटक नेचर गाईड तालिम गराईएको छ ।  पर्यटकको बर्साई लम्ब्याउन र बेरोजगार महिलाहरुलाई रोजगार प्रदानसगैँ आत्मनिर्भर बनाउन नेचर गाईड (पथ प्रर्दशक) तालिम गराईएको हो ।
चितवनमा आएका पर्यटकलाई पर्यटकीय स्थल अबलोकन गराउन सजिलोसगैँ महिला सहभागीता बढाउन सपना भिलेज सोसल ईम्प्याक्टको प्रयोजनामा र मृगकुञ्ज उपभोक्ता समिति र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा तालिम गराईएको हो ।
२ महिनादेखि जारी तालिममा स्थानिय वेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम दिईएको सपना भिलेजका अध्यक्ष धुव्र गिरीले बताए ।


पर्यटकलाई घुमाउन तालिम लिन जरुरी छ । उनले भने पर्यटकलाई पर्यटनको क्षेत्रका बारेमा कसरी बताउने भन्ने सिक्न र पर्यटनको सम्भावना भएको क्षेत्र भएकाले पर्यटकलाई चाहिने सुबिधा र सम्मानका बारेमा स्थानीयले ध्यान दिर्नुपर्छ ।’
नेपालमा पर्यटकले प्राकृतिक दृष्य र्हेन पाउने र खर्च पनि कम लाग्ने भएकाले बाहृय पर्यटक आउने गरेको उहाँको तर्क थियो ।
रोजगारमुलक तालिमका लागि अघि बढ्र्नुपर्ने भन्दै महिलाहरु सफल हुन संर्घष र मेहनत गर्न पछि पर्न हुूदैन भन्दै तालिमपछि रोजगार दिने लक्ष्यसहित महिलाहरुलाई मात्रै पहिलो पटक तालिम दिएको सपनाका म्यानेजर सुजन बस्नेतले बताए ।
यसैविच आज तालिमको दुईपछि तालिम सभागीहरुलाई विभिन्न वन्यजुन्तु, जौविक विविधता सम्बन्धी जानकारी मुलक किताब समेत दिईएको छ । किताबपाएपछि तालिममा सहभागीलाई थप उर्जा मिल्ने अध्यक्ष गिरीले बताए । तालिममा २० जना स्थानिय महिला सहभागी छन् । साथै लाईन्सेसका लागि लाग्ने सबै शुल्क सपनाले नै दिने गिरीले स्पष्ट पारे ।