कण्डम लगाउँदा नगर्नुहोस्  गल्तीहरू ?

 

एजेन्सी । कण्डम परिवार नियोजनको साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधन हो । कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तैस एच.आई.भी. र धेरै यौनरोगहरू सर्नबाट रोक्दछ ।

कण्डम यौन सम्पर्कको समयमा पुरुषले प्रयोग गर्ने वस्तु भए ता पनि आजभोलि भने बजारमा महिलाले प्रयोग गर्ने महिला कण्डम पनि उपलब्ध भैसकेका छन् । साधारणतया यो सजिलै पाउन सकिन्छ र यो एक पल्ट लगाएपछि फेरि दोहोर्याएर प्रयोग गर्न मिल्दैन ।

पुरुष कन्डम बजारमा सजिलै प्राप्त गर्न सकिन्छ । यो हरेक औषधि पसललगायत खुद्रा दोकानहरूमा थोरै पैसामा पनि किन्न सकिन्छ भने सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाहरू बाट पनि कन्डम प्राप्त गर्न सकिन्छ । दम्पत्तिले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन ।

तर, कण्डम प्रयोग गर्न केही जानकारी भएको भने हुनुपर्छ । यहाँ कण्डमसँग सम्बन्धित १० गल्तीहरूको बारेमा उल्लेख गरिएको छ ।

१. कण्डमलाई गलत ठाँउमा राख्ने– सजिलो हुन्छ भन्दै कण्डमलाई पर्समा राख्ने बानी नगर्नुहोस् । चिसो तर सुख्खा ठाँउमा राख्नु पर्ने कुरालाई जथाभावी राख्दा यसको प्रभाव घट्छ । धेरै दबिने ठाँउ, जस्तै पर्समा कण्डम राख्नाले उक्त कण्डम ड्यामेज हुनसक्ने खतरा बढ्ने हुन्छ ।

२. ड्यामेज भएको या नभएको नहेर्ने– उत्तेजनाको बेला धेरै जस्तो मानिसहरू कण्डममा केही ड्यामेज पो छ की भनि हेर्ने गर्दैनन् । यदि ड्यामेज भएको छ भने त त्यो कण्डम लगाएको कुनै अर्थ हुँदैन । सानो ड्यामेजले पनि तपाईंकी केटी साथीलाई गर्भरहने डर हुन्छ वा कुनै यौनरोग भए एक अर्कामा सर्ने खतरा हुन्छ । त्यसैले कण्डम प्रयोग गर्नुपूर्व एक चोटी कण्डमलाई नियाल्ने गर्नुहोस्, ताकी कुनै ड्यामेज छ भने थाहा पाइयोस् ।

३. कण्डमको प्याकेट खोल्दाको गल्ति– कुनै धारिलो चिज प्रयोग गरेर कण्डमको खोल खोल्ने नगर्नुहोस् । यसले कण्डममै ड्यामेज आउने सम्भावना राख्दछ ।

४. कण्डमको ढिलो प्रयोग– यौनसम्पर्कको बीच वा केही कार्य भएपश्चात गर्भ नरहोस् भन्दै ढिलो गरी कण्डम प्रयोग गर्ने बानीले धेरै यौनरोगको डर हुने हुन्छ । यौनसम्पर्क हुनु ठिक पूर्वनै कण्डम लगाउने बानी बसाल्नुहोस् ।

५. उल्टो कण्डमको प्रयोग– हतारको बेला धेरै जसोले उल्टो कण्डम प्रयोग गर्ने भुल गर्दछन् । धेरै चोटी कण्डम प्रयोग गरेकाहरूले पनि गल्ती गर्ने गर्दछन्, यो कुरामा । यदि उल्टो कण्डम लगाउनु भयो भने फेरि सुल्टो लगाउनलाई त्यहि कण्डम निकालेर चाहिँ नलगाउनुहोस् । उल्टो भएमा फुकालेर अर्काे नयाँ कण्डम निकालेर सुल्टो लगाउनुहोस् ।

६. छिटो कण्डम निकाल्ने– केही मानिसहरूले यो अति नै ठूलो मुर्खायाईँ गर्दछन् । यौनसम्पर्कको काम नसकिँदै कण्डम निकालेर फाल्ने भन्दा ठूलो मुर्खायाईँ अरु के होला । यो गल्ति भुलेर नि नगर्नुहोला । यौन सम्पर्कको पूरा अवधिभर नै कण्डम लगाइरहनुहोस् ।

७. एक्पाइरी डेट चेक नगर्ने– कण्डमको किन्दादेखि प्रयोग गर्दा एक्पाइरी डेट चेक गर्ने बानी गर्नुहोस् । ५ वर्षसम्मको अवधिमा प्रयोग गर्न मिल्ने हुन्छ अधिकांश कण्डमहरू तापनि कतै धेरै पुरानो त हैन भनेर एकपटक भने चेक गर्ने गर्नुहोस् ।

८. एउटै कण्डम फेरि प्रयोग– सुन्दा अलि अनौँठो लाग्ला तर केही ले यसो पनि गर्ने गर्दछन् । एउटा कण्डम एक चोटीलाई मात्र प्रयोग गर्नुहोस् । एक चोटीको यौन सम्पर्कपश्चात त्यो कण्डम निकाल्नु होस् र फेरि सम्पर्क राख्ने हो भने अर्काे नयाँ कण्डम प्रयोगमा ल्याउनुहोस् । पुरानो कण्डममा पहिलेको विर्य टासिएर बस्ने भएकाले फेरि लगाउनु भनेको कण्डम नलगाए सरह नै हुन जान्छ ।

९. बास्नादार तथा रंगिन कण्डमको इच्छा– बास्नादार कण्डमहरूमा ‘सुगर’ को मात्रा हुन्छ, जसले ‘यिस्ट इन्फेक्सन’ गराउने डर हुन्छ । योनीमा ब्याक्टेरी–फाइटिङ प्रणालीको राम्रो विकास भएता पनि बाहिरी केमिकलहरूले भने इन्फेक्सन बढाउने खतरा हुन्छ ।

१०. कण्डमको टुप्पाको हावा ननिकाल्ने –जब कण्डम लगाइन्छ तब टुप्पामा केही कण्डमको थोरै ठाँउ रहनेगरि कण्डम बनाइएको हुन्छ । त्यो ठाँउमा स्खलनपछि विर्य जम्मा हुने गर्छ । तर, यसरी बस्ने खाली ठाँउमा हावा भने भरिन हुदैन । हावा छ भने पहिले नै निकाल्नुपर्छ । हावा भयो भने कण्डम फुट्ने डर रहने हुन्छ ।