मेयर रेनुले खाना खुवाउदै भनिन् : वृद्धवृद्धालाई महानगरमा छिटै नयाँ प्याकेज (फोटोफिचर)

 

चितवन, १३ चैत । भरतपुर महानगरपालिी मेयर रेनु दाहालले आफ्नी दिदि ज्ञानु दाहालको स्मृतिमा धार्मिक क्षेत्र देवघाटधामको रोटरी करुणालयमा आश्रीत वृद्ध बुबाआमालाई एक छाक भोजन गराउनु भएको छ ।


क्यान्सर रोगका कारण मुत्यु भएकी आफ्नी दिदिको पाचौँ स्मृतिमा मेयर रेनु आफै आश्रममा पुगेर खाना खुवाउनुका साथै वृद्धवृद्धाहरुको समस्याका बारेमा बझ्नु भएको थियो ।  सो अवसरमा मेयर रेनु दाहालले वृद्धवृद्धाहरुका लागि महनगरले छिटै नयाँ प्याकेज घोषण गर्ने तयारी गरेको बताउनुभयो । भने अनिर्वाय रुपमा बुबाआमाले हरेक छोराछोरी हेर्ला गरे महानगरको सुविधामा रोक लगाउने बारेमा छलफल भएको समेत प्रष्ट पार्नुभयो ।