थारु समुदायको संस्कृति संरक्षणका लागि पहल गर्छु : मन्त्री मगर

कञ्चनपुर, ११ चैत ।  लालझाडी गाउपालिकाले आयोजना गरेको होली मिलन कार्यक्रमको उदघाटन गर्दै खानेपानी मन्त्रि बिना मगरले थारु समुदायको संस्कृति संरक्षणका लागि आफुले सक्दो पहल गर्ने बताउनुभएको छ । माघि मिलन कार्यक्रममा रानाथारु पहिरनमै स्टेजमा प्रस्तुत भएकी खानेपानी मन्त्रि मगरले थारु संस्कृति यस क्षेत्रको मात्रै नभएर राष्ट्रको सम्पत्ति र पहिचान भएको बताउनुभएको छ । यसले सुदुरपश्चिम प्रदेशलाइ नै फरक ढंगले चिनाएको भन्दै यसको जगेर्ना गर्न आवश्यक रहेको मन्त्रि मगरले बताउनुभएको छ । नेपाल सरकारले समृद्ध नेपाल र सुखि नेपालीको परिकल्पना गरेको भन्दै आफुले लालझाडी गाउपालिकाबाटै यसको शुरुवात गर्ने बताउनुभएको छ । लालझाडी गाउपालिकामा रहेको बाटोघाटोको असुबिधा र खानेपानीको समस्या प्रति इंगित गर्दै मन्त्रि मगरले बाटोघाटो निर्माणका काममा जोड दिने र केहि बर्ष भित्रै सबैलाइ स्वाच्छ खानेपानी उपलब्ध गराउने बताउनुभएको छ । स्थानिय बासिन्दाहरुले मन्त्रि मगरलाइ विकास निर्माणका १० बुदे ज्ञापन पत्र संगै १० किलोमो माला लगाएर स्वागत गरेका थिए । थारु समुदायले चैत्र महिना भरी नै होली पर्व मनाउने गरेका छन् ।
यसैबिच मन्त्रि मगरले होली मिलन कार्यक्रम पुर्ब लालझाडी गाउपालिका वार्ड नं.१ मा रहेको बिनबारीको सुक्खडघाटमा रानाथारु होमस्टे र पर्यावरणिय उद्यानको सिलन्यास गर्नुभएको थियो सोही क्रममा मन्त्रि मगरले रानाथारु को संस्कृति झल्किने होमस्टेको विकास संगै याहा बन्ने पर्यावरणिय पार्कले पर्यटकिय विकास संगै यस क्षेत्रको विकासमा महत्वपुर्ण योगदान रहने बताउनुभएको छ । विना मगरको संसदिय कोषबाट यो बर्ष ५० लाखको वाल वाउन्ड्री निर्माण संगै यसको गुरुयोजना अनुरुप सबै कुरा निर्माण गरिने छ भने दक्षिण भेगका सबै गाउपालिकालाइ पनि यसले जोडने छ । सिलन्यास कार्यक्रममा मन्त्रि मगर संगै लालझाडी गाउपालिका,बेल्डाडी गाउपालिका, बेलौरी नगरपालिका र पुनर्बास नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो । विकास निर्माणमा एक आपसमा सहकार्य गर्ने समेत सबै प्रमुखहरुको भनाइ रहको छ । मन्त्रि मगरले आफुले गरेका सबै प्रतिबद्धता पुरा गर्न आफु लागेको भन्दै स्थानिय तह सबै राजनितीक दल संगै सबै जनताको साथ सहयोग र समर्थन आवश्यक रहेको समेत बताउनुभएको छ ।