दक्षिण कोरियामा विद्यार्थी भिसामा जानेको संख्या बढ्दो, नेपालीलाई कोरियाली सरकारद्धारा छात्रवृत्ति दिईने

 

चितवन, ११ चैत । वैदेशिक उच्च शिक्षाका लागि विद्यार्थीहरुको आर्कषण दिनप्रतिदिन बढ्दै गएको छ । जसका कारण विभिन्न मुलुकहरुमा वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुको लहर नै चलेको छ । छोटो समयमा तिब्र विकास गरि उदाहरणिय बनेको दक्षिण कोरियामा उच्च शिक्षासगैँ रोजगारीका लागि राम्रो सुविधा पाउने भएपछि विद्यार्थीहरुको आर्कषण बढेको हो ।
साथैविद्यार्थीहरुलाई त्यहाँका विश्वविद्यालय तथा कलेजहरुले समेत अअधिकतम छात्रवृत्ति दिने कारणले पनि विद्यार्थीहरुको रोजाईमा यतिवेला कोरिया परेको छ ।
यसैक्रममा दक्षिण कोरिया अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि शैक्षिक परार्मश दिदै आएको गोल्डेन ईमिनेट ईन्टरनेशनल प्रा।लि।मा समेत विद्यार्थीहरु आउने क्रमम बढेको छ । नेपाल सरकारको शिक्षा मन्त्रालयबाट कोरियाका लागि स्वीकृत संस्थाको रुपमा परिचित गोल्डेन ईमिनेटले मान्यता प्राप्ता विश्वविद्यालय र शैक्षिक संस्थको बारेमा परार्मश दिदै आएको छ ।

पछिल्लो समयमा कोरियन सरकाले शिक्षासगैँ यहाँ विदेशीबाट अध्ययन गर्न जाने विद्याार्थीहरुलाई रोजगारी दिन थालेपछि नेपाली विद्यार्थीहरुको आर्कषण बढेको गोल्डेन ईमिनेटका प्रबन्ध निर्देशक प्रकाश क्षेत्रीले बताउनुभयो ।
नेपालमा जस्तै अग्रृजीमा नै पढ्न पाउने हुदाँ समेत विद्यार्थीहरु आर्कषित बनेको उनले बताए । दक्षिण कोरियामा प्राविधिक अध्ययन तर्फ मेकानिकल, मेशिनरी, विल्डीगं,आईटी,होटल भ्यानेजमेन्ट, नर्सिगंमा विद्यार्थीहरुको बढी आर्कषण रहेको उनले बताए ।
केरियान हावापनी नेपालीहरुको सुहाउदो भएकोले पनि नेपाली विद्यार्थीहरुको रोजाइमम पर्ने उनको तर्क छ । गोल्डेन ईमिनेटले चितवन मेडिकल कलेज अगाडी रहको कार्यालयबाट समेत विद्यार्थीहरुलाई परार्मश दिदै आएको छ ।

रोजगारीसँगै पछिल्लो समय उच्च शिक्षा अध्ययनको लागि कोरिया आउने नेपाली विद्यार्थीको संख्या बढेको छ। हाल कोरियामा विदेशी विद्यार्थीको संख्या करिब १ लाख २४ हजार आठ सय ३२ जना रहेको तथ्याङ्क छ।

कोरियालाई उच्च शिक्षाको ‘हब’ बनाउने सरकारी लक्ष्यमा कोरियामा घट्दो जन्मदरले स्थानीय विद्यार्थीको संख्या घट्दै गइरहेको छ।

विश्वविद्यालयको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफ्नो मूल्याङ्कन बढाउन विदेशी विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने भएकाले कोरियाले विदेशी विद्यार्थीहरु भित्राउन थालेको हो।

आगामी सन् २०२३ सम्ममा २ लाख विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य राखेको कोरियन सरकारले आफ्ना केही नियम परिमार्जन गरेसँगै २०१४ देखि विदेशी विद्यार्थीको संख्या बढ्दै गएको थियो ।

यहाँको शिक्षा प्रणाली प्रयोगात्मक र व्यावहारिक ज्ञानमा जोड दिएको पाईन्छ। कोरियामा अध्ययन गर्न चाहानेले कोरिया आउनुभन्दा पहिला कुन विश्वविद्यालयमा कुन विषय पढ्ने, प्रोफेसर कस्ता छन्, आफ्नो लागि कस्तो प्रोफेसर छान्ने, शुल्क कति लाग्छ आदि कुराहरु सबै गोल्डेन ईमिनेटले चितवनमा उपलब्ध हुन्छन्। यी सबै बुझेर मात्र भर्नाको लागि आवेदन दिनुपर्छ र कोरिया आउनु भन्दा अघि जति सकिन्छ कोरियन भाषा पढेर आउनु राम्रो हुन्छ।