सिद्धार्थ बैंक लि. र महालक्ष्मीलाईफ इन्स्योरेन्स लि.बीच बीमा सम्झौता

काठमाडौँ, १० चैत । सिद्धार्थ बैंक लि. र महालक्ष्मीलाईफ इन्स्योरेन्स लि. बीचबीमा सेवा दिने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार सिद्घार्थ बैंक लि. ले देश भर रहेका आफ्ना १४६शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिकगर्दै २०७५ माघ २७गतेबाट कारोबार प्रारम्भ गरेको छ। महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।
सम्झौतामा सिद्घार्थ बैंक लि. को तर्फबाट सहायकमहाप्रबन्धकश्री अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट सहायक महाप्रबन्धक श्री सपना खरेलले हस्ताक्षर गर्नुभयो ।