भरतपुरवासीलाई खुसीको खबर, पाईने भने बेरोजगार भत्ता

 

चितवन, १० चैत । चितवनको भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सरु गरिएको छ । रोजगार दिने सरकारको कार्यक्रम अन्र्तगत भरतपुरमा  vपनि रोजगारीका लागि निवेदनको आह्वानसहित कार्यक्रम सुरु गरिएको भरतपुरकी मेयर रेनु दाहालले जानकारी दिईन् ।

महानगरभित्र स्थायी बसोवास भएका १८ देखी ५९ बर्ष उमेर समुहका बेरोजगार ब्यक्तिहरुलाई निवेदन दिन सक्ने उनल बताईन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आज आज एक सार्वजनिक सुचना जारी गर्दै संघीय सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागी वेरोजगार ब्यक्तीहरुलाई सय दिनको काम र भत्ता उपलब्ध गराउन निवेदन आह्वान गरेका छन् ।
स्थानीय तह माताहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने एक सय दिन बराबरको न्युनतम रोजगारीमा संलग्न भई सार्वजनिक बिकास निर्माणको काममा योगदान गर्न ईच्छुक बेरोजगार ब्यक्तिलाई सम्वन्धित वडा कार्यालयमा निवेदन दिन भनि उल्लेख गरिएको छ । निवेदन दिने म्याद चैत मसान्त सम्म तोकिएको छ । निवेदन फारम सम्वन्धित वडा कार्यालयवाट उपलब्ध हुने महानगरपालिकाले जनाएको छ ।
अहिलेलाई तथ्याकं एवम् विवरण संकलनको काम हुने र आगामी आर्थिक बर्षवाट कार्यान्वयन हुने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले चितवन समाचारडटकमलाई जानकारी दिए । जसका यतिवेला भरतपुर क्षेत्रका जनता खुसी भएका छन् ।