चितवनमा आठ महिनामा ४१ गैंडा मरे

चितवन १० चैत । चितवन निकुञ्जमा चालु आर्थिक बर्षको ८ महिनामा ४१ गैंडा मरेका छन । पछिल्लो समय निकुञ्जमा प्राकृतिक कारणले गैंडा मर्ने दर बढेको निकुञ्जले जनाएको छ । ८ महिनामा ३९ वटा गैंडा निकुञ्ज भित्र र २ वटा गैंडा समुदायिक वन क्षेत्रका मरेको प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालले जानकारी दिए । आइतवार मात्र चितवनमा सेफ्टीट्याङकीमा खसेर एक गैडा मरेको छ । चितवन राष्ट्रिय निकुन्जबाट राप्ती किनारमा निस्किएको गैडा भरतपुर महानगरपालिका २३ मा रहेको होटल टाईगर ल्याण्डको सेफटीट्याङकीमा खसेर मरेको हो । सेफ्टीट्याङकी माथिल्लो भाग कमजोर भएका कारण खसेर गैडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालले दिए । मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको ढकालले बताउनुभयो । गैडाको चितवन राष्ट्रिय निकुन्जको प्राविधिक टोलीले पोष्टमाटम गरिसकेको छ । करिब २० बर्षको पोथी गैडा विहान चार बजे सेफ्टीट्याङकीमा खसेको थियो ।