‘स्कुल ड्रेस’मै कार चढेर एसईई परीक्षा दिन पुगिन् करिश्मा मानन्धर

काठमाडौं, ९ चैत । चर्चित अभिनेत्री करिष्मा मानन्धरले एसईई परीक्षा दिएकी छिन् । आफ्नो अध्ययन गर्ने चाहनालाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेकी करिष्माले डिल्लीबजार स्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन्। कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी मानन्धरले यही विद्यालयको नियमित विद्यार्थीका रूपमा परीक्षा दिएकी हुन् ।

परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार हाँकेर परीक्षा केन्द्र पुगेकी थिइन् । परीक्षा केन्द्रतर्फ प्रवेश गर्नुअघि करिष्मालाई कोरियो ग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए । नयाँ शक्ति पार्टीकी नेत्री समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिएका छन् ।

करिष्माले भट्टराईकै प्रेरणाले आफूले अध्ययनको योजना बनाएको बताउँदै आएकी छिन् । स वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आज देखि शुरु भएको छ । बिहान ८ बजे देखि शुरू परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।