गोविन्दप्रसाद नेपाललाई राष्ट्रिय स्तरको अवार्ड प्रदान

चितवन, ९ चैत । माडी नगरपालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण कार्य गर्नुभएका गोविन्द प्रसाद नेपाललाई राष्ट्रिय स्तरको अवार्ड प्रदान गरिएको छ । दुई दशकभन्दा वढी समय माडी नगरपालिका ३ बसन्तपुरमा स्वास्थ्य क्षेत्रमा निरन्तर रहनुभएका नेपाललाई स्वास्थ्य दपर्ण मिडिया नेटवर्क प्रा.लि.भरतपुर चितवनले हरेक वर्ष प्रदान गदै आईरहेको राष्ट्रिय स्तरको स्वास्थ्य हेल्थ अवार्ड प्रदान गरिएको हो ।

नेपाललाई नेपाली काग्रेसका महामन्त्री शंशाक कोईरालाले प्रदान गर्नुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा प्रदान गरिएको स्वास्थ्य दपर्ण हेल्थ अवार्डमा नेपाली काग्रेसका महामन्त्री शशाक कोईराला प्रमुख अतिथि रहनुभएको कार्यक्रममा पुर्व स्वास्थ्यमन्त्री वंशिधर मिश्र,नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट,चिकित्सा विज्ञान अध्ययन संस्थानका डीन प्रा.डाक्टर जगदिश अग्रवाल र बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. क्रृषिराज काफले लगायत अतिथि रहनुभएको थियो । प्रदेश नम्वर ३ का तर्फवाट गोविन्द नेपाललाई सम्मानित गरिएको स्वास्थ्य दपर्ण मिडिया नेटवर्कका अध्यक्ष सन्दिप श्रेष्ठले जानकारी दिनुभयो । पारामेडिक नेपालले बसन्तपुर बजारमा विश्वास फार्मसी सञ्चालन गदै आइरहनुभएको थियो भने हाल विशेक क्लिनिकको नामवाट स्वास्थ्य सेवा प्रदान गरिरहनुभएको छ । नेपालले विगत एक दशक देख्री लगातार माडी नगरपालिका ९ को विकट क्षेत्र कुसुमखोला,बाँदरझुल्ला सगै विभिन्न क्षेत्रहरुमा स्वास्थ्य शिविर लिएर जानुभएको छ । यसैगरी अपाङगता भएका ब्यक्तिहरुलाई विभिन्न सामाग्री वितरण गदै आइरहनुभएको छ ।

यसैगरी विभिन्न संघसंस्थामा स्वास्थ्यको सामाग्री फस्ट वक्स समेत उपलब्ध गराउनुभएको छ । आर्थिक स्थिित कमजोर भएका विरामीहरुलाई थप उपचारका लागि भरतपुर पुराउन एम्वुलेन्स भाडा समेत तिर्दै सहयोग पुराउनुभएको छ ।