सौराहाको हात्ती सहकारीका अध्यक्ष ऋषिका पीडा र व्यवस्थापनको रोचक पक्ष

 

चितवन, ८ चैत । पर्यटकीय सौराहामा निजी हात्तीहरू धेरै छन् । ती हात्तीहरूको व्यवस्थापन र संरक्षण गर्नु चुनौतीपूर्ण छ । त्यही चुनौतीलाई समाधान गर्न निजी हात्तीका मालिकहरूको संगठन बनाइएको छ । हात्तीका लागि बनको यो नै विश्वमा दुर्लभ संस्था मानिन्छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था गठन भएको २१ वर्ष भयो । अहिले यो संस्थाका अध्यक्ष ऋषि तिवारी छन् ।

तिवारीलाई हात्ती व्यवस्थापनदेखि पर्यटकहरूको सन्तुष्टि कसरी पूरा गर्ने भन्नेमै दिन जान्छ । तपाईले हात्ति, मालिक र पर्यटकबीच कसरी तालमेल गर्नुभएको छ रु भनेर सोधिएको प्रश्नको जवाफमा तिवारीले भने, ‘एउटा हात्तीमा चार जना चढेर घुम्न जान्छन् । उनीहरूको व्यवस्थापन गर्नु नै मेरो दिनचार्य हो । एक जनालाई मात्रै एउटा हात्तीमा चढाउने हो भने महँगो पर्छ । चार जनालाई व्यवस्थापन गरेर चढाउँदा सस्तो पर्छ ।’

‘चार थरी होटेलबाट एक–एक जना हुन्छन् । हात्ती धेरैले पाल्नु भएको छ । सबै हात्ती मालिकलाई राखेर युनाइटेड गरियो’, उनले भने, ‘सबै हात्तीले काम पाउन् भनेर संस्था खोलेका हौँ ।’

हात्तीमा पनि सिण्डिकेट रहेछ है भनेर सोधिएको प्रश्नमा उनले भने, ‘हात्तीमा सिण्डिकेट होइन । र छन । हामीसँग ६० वटा हात्ती छन् । त्यसका मालिक छन् एक सय जना जति छन् । त्यसलाई सिण्डिकेट होइन सहजीकरण गरेका हौँ ।’

उनले भने, ‘चार ठाउँमा बसेका पाहुनालाई चार जना बनाएर हात्ती प्याक गराएर पठाउने हो हाम्रो काम । कार्यसमितिले मोनिटरिङ हुन्छ । आर्मीले चेक गर्छ । प्रशासनले चेक गर्छ ।’ हात्तीमा सवार हुन सार्क मुलुक, विदेशी र नेपालका लागि छुट्टा–छुट्टै दररेट छ । यो संस्था खोलेको २१ वर्ष भयो । ‘त्योभन्दा पहिला हामीलाई हात्तीमा पाहुना चढाउन एकदमै समस्या थियो’, उनले भने, ‘अन्तर्राष्ट्रिय हात्ती महोत्सव यही संस्थाले गर्दा भएको हो । विश्वमा हात्ती सहकारी संस्था भन्ने नै छैन ।’

‘सहकारी भने पनि व्यवसाय नै हो । हात्ती इन्ट्री हुन केही निश्चित रकम तिनुपर्छ । बिहान छ बजे हात्ती कार्यालयमा पालोअनुसार आउनुपर्छ । हामीले बोलाउँछौँ । कति नम्बर हात्ती हो सबै सूची तयार पारिएको हुन्छ’, उनले भने, ‘६० वटा हात्तीमा ५९ हात्तीले डिउटी गर्‍यो । तपाईको एउटा हात्तीले काम गरेन भने पनि पैसा पाइन्छ । मर्‍यो भने मालिकको रिस्क हुन्छ । आन्तरिक वीमा पनि छ । सय प्रतिशत रिफण्ड पाइँदैन ।’

एउटा हात्ती किन्दा अहिले एक करोड जति पर्छ । ‘हात्तीमा सवार हुन महँगो छैन । एक जना पर्यटकले २५ सय तिर्नुपर्छ । नेपाल सरकारले दुई हजार रुपियाँ पार्कको शुल्क लिन्छ । तर, हाम्रो संस्थाले २२ सय ५० लिन्छ’, अध्यक्ष तिवारीले भने, ‘हामी व्यवासयी भएकाले पर्यटकलाई थोरै पनि शुल्कमा हेरौँ भनेका हौँ । सरकारी हात्ती त पर्यटक चढ्नका लागि छैन । पहिला सरकारी हात्ती थियो । अहिले छैन ।’ एउटा हात्ती पाल्न महिनामा एक लाख रुपियाँ खर्च लाग्ने गरेको उनले बताए । एउटा हात्ती पाल्न दुई वटा माउते । १७–१८ हजार तलब । हात्तीलाई २० किलो धान खुवाउनै पर्छ । पराल, उखु भेली, भेटनरी डाक्टर पनि राख्नुपर्छ ।

‘पर्यटक आए भने आम्दानी हुने हो रु हात्ती राखेपछि पाल्न त पर्‍यो नि १ गाडी जस्तो हात्तीलाई हुँदैन । आज गाडी चलेन भने ड्राइभर राख्दिन, तेल हाल्दिन भन्ने हुँदैन । पर्यटक आएपनि नआएपनि पाल्नै पर्छ’, उनले भनेका छन् ।

हात्ती पाल्नुका कठिनाइ सुनाउँदै उनले भने, ‘पर्यटक आए भने त नाफा पनि हुन्छ ।’ उनले हात्तीको उत्पादन नेपालमा नरहेको बताए । नेपाल सरकारको ब्रिडिङ सेन्टर मात्रै रहेको उनले जानकारी दिए ।

‘त्यहाँबाट हात्ती बिक्री हुँदैन । भारतबाट नै हो हात्ती ल्याउने । हात्ती किन बेच्न पनि हुँदैन । पाल्नका लागि हात्ती लिन भारत जानुपर्छ’, उनले भने, ‘हात्तीलाई राष्ट्रिय निकुञ्जमा दर्ता गर्नुपर्छ । हात्तीमा माइक्रो चिप्स लगाएको हुन्छ । हात्तीको नम्बर, नाम सबै कुरा निकुञ्जले दिन्छ । हात्ती हराउँदा निकुञ्जले खोजी दिन्छ । चिप्स हेरेपछि हात्ती फेला पर्छ’, उनले भने, ‘हात्तीले मान्छे मार्ने पनि हुन्छ । धेरै छैन । कहिले काहिँ हुन्छ । हात्तीको मुडमा भर पर्छ ।’ हात्ती थाकेर आएको बेला मान्छेलाई आक्रमण गर्न सक्छ । हात्तीको आक्रमणबाट २–३ जना विदेशी र माउते मरेका छन् । उनले आफूहरू सुरक्षाका लागि एकदम सचेत रहेको बताए ।

‘एउटा हात्तीमा ४५ थाउजण्ड मसल्स पावरको हुन्छ । हात्ती छ टनको हुन्छ । हात्ती मान्छेभन्दा धेरै बुद्धिमानी जनावर हो’, उनले भने, ‘हात्तीलाई पिट्नु भयो भने तीन वर्षपछि आउँदा पनि हात्तीले आफूलाई पिट्ने व्यक्ति चिनेको हुन्छ ।’

अध्यक्ष तिवारीले हात्ती पालेकै २० वर्ष भइसक्यो । हात्तीको विशेषता मान्छेलाई अति राम्रोसँग चिन्नु पनि हो । हात्ती खानेबेला रिसाउँदैन । कहिले काहिँ रिसाउन पनि सक्छ । हात्ती अघाएको मालिक र माउतेलाई सजिलै थाहा हुन्छ । ‘हात्तीले दिनमा दुई सय किलो खाना खान्छ । निजी हात्तीहरूलाई हामीले खान दिएका छौँ’, उनले भने, ‘हाम्रो हात्ती नेशनल पार्कभित्र जान पाउँदैन । विदेशी नागरिक नेशनल पार्कमा आयो भने दुई हजार रुपियाँ फि तिर्नुपर्छ । एउटा नेपालीले १ सय ५० तिर्नुपर्छ । सार्क देशका नागरिकले १ हजार तिर्नुपर्छ । शुल्क तिरेपछि हाम्रा हात्ती निश्चित क्षेत्रमा जान पाउनुपर्छ भनने माग छ ।’ उनले आफूहरूको मागलाई सरकारले पूरा गर्नुपर्ने बताए ।

हात्तीलाई नेशनल पार्कमा प्रवेश नदिएकोमा हात्ती मालिकहरू मर्कामा परेको उनी बताउँछन् । ‘गाडी छ महिनाको लागि सफारी भनेर निश्चित ठाउँमा जान पाउँछ । पर्यटकले पनि टिकट काट्ने नेशनल पार्कको हात्ती सफारी जाने चाहिँ सामुदायिक वनमा’, उनले भने, ‘यो गुनासो आइरहन्छ । अन्याय भयो भनेका छन् । यो अन्यायलाई हेर्ने भनेको वन र पर्यटन मन्त्रालय हो । हामी डेलिगेशन पनि गएका छौँ । मन्त्री र सचिवलाई आग्रह पनि गरेका छौँ । हुन्छ भन्नु हुन्छ । तर, नेशनल पार्क हाम्रा लागि खुल्दैन ।’

नेपाली सेनाले आफूहरूलाई रोक नलगाएको उनले बताए । ‘नेपाल सरकारले रोकेको छ । रातो कितावमा २५ सय तिरेपछि नेशनल पार्क घुम्न जान पाइने भनेको छ । तर त्यो लागू सरकारले गर्न सकेको छैन’, उनले भने, ‘हामीले हात्तीलाई लगेर कुनै अबैधानिक काम गरेका छैनौँ । व्यवसायीहरू सचेत छन् । पर्यवरण संरक्षण गर्नुपर्छ । नेशनलपार्क भएका कारण हाम्रो व्यवसाय चलेको छ । नेशनलपार्क रहने भने कसरी हात्ती रहन्छ रु कसरी व्यवसाय रहन्छ रु’ उनले माउतेहरूलाई समयमा तलव दिएको बताउँदै श्रम शोषण नगरेको बताए । ‘राज्यलाई राजश्व ठगी गरेका छैनौँ । भ्याट ट्याक्स सबै काटेर गर्ने हो । त्यो त सरकारले अनुगमन र असन्धान गर्ने काम हो’, उनले भने, ‘सौराहा भनेको वाईल्ड लाइफ हो । पोखरा भनेको राफ्टिङ हो प्यारागलाइड्, ट्रयाकिसौराहा मार्केटिङ हो । सौराहा भनेको चितवन अर्थात चित भनेको हर्ट हो । वन भनेको फरेष्ट हो ।’

युरोप, अफ्रिकाभन्दा पनि जंगल सफारी र वक चितवनमा युनिक मानिन्छ । ‘सौराहा छ भने हात्ती छ । पैदल जाँदा सुरक्षित हुँदैन । जंगली जनावरको आक्रमण हुन्छ’, उनले भने, ‘हात्तीमा जाँदा सेफ्टी हुन्छ । पर्यटकले हात्तीमा गएर जनावर अवलोक गर्ने हो । पर्यटकभित्र जान खोज्छ भने प्रक्रिया पुर्‍याएर जान दिनुपर्छ निश्चित क्षेत्रमा । कितावमा भएको कुरा कार्यान्वयन हुनु प(यो । वन मन्त्रालयबाट असहयोग भैरहेको छ । राजनीति हुनु हुँदैन ।’