होलीमा मेयर र उपमेयरबीच मिलनको सन्देश, भरतपुरमहानगरवासीको मन पनि रंगियो

भरतपुर, ६ चैत । होली पर्वसंगै भरतपुर महानगरपालिकाका बासिन्दाहरुमा खुसीयाली छाएको छ । विकासको गतीमा तीव्रता दिईरहेको भरतपुर महानगरपालिकामा पछिल्लो समय मेयर रेणु दाहाल र उपमेयर पारवती शाहबिचको विवादका कारण महानगरका वासिन्दाहरुमा निराशा छाएको थियो ।

तर समृद्धिका लागि भरतपुर महानगर एक छौँ भनेर मेयर दाहाल र उपमेयर शाहले संगैँ फोटो खिचाएको फोटो सामाजिक संजालमा पोष्ट गरेपछि भरतपुर महानगरवासीमा खुसियाली छाएको हो । प्रदेश सासंद मिलनबाबु श्रेष्ठको अगुवाइमा दुई दिदी बहिनीलाई होलीको अवसर पारेर फेरि एक जुटबनाईएको हो।यो तस्बिर सगै यतिवेला महानगरवासि हषिर्त बनेका छन् ।
असत्य माथी सत्यको विजय भएको दिन । यहि दिन आज निराश बनेका भरतपुर महानगरपालिका बासीमा खुशीयाली छाएको हो । होलीको दिन दुई दीदी बहिनी एक भएको सन्देशले भरतपुर महानगरवासीको मनमनमा पनि रंगले रंगिएको  छ। यो क्षणिक नहोस्, भरतपुर महानगरको   समृद्धि र विकासका लागि एक भएर निरन्तर अघि बढिरहोस् शुभकामना ।