मुग्लिन नजिकैबाट ट्रक खस्यो १ को मृत्यु ४ जना घाईते

चितवन, ५ चैत । चितवनको मुग्लिन बजार नजिकै ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । आज विहान ७ः१५ बजेको समयमा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना ६ ख १४३ नम्बरको ट्रक सडकबाट करिव  १ सय  मिटर तल खोलामा खस्दा एक जनाको मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।

यस्तै घाईते चार जनाको उद्धार गरी भरतपुर लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईते हुनेहरुमा ट्रक चालक चितवनको माडी नगरपालिका–१ बस्ने वर्ष ४० का संजय कुमार महतो, भारतको मोतिहारी बस्ने वर्ष २८ का अनुवर मियाँ, चितवनको इच्छाकामना गाउँपालिका–६ बस्ने वर्ष १७ की प्रमिला गुरुङ र सोही स्थानकी १७ वर्षीया कञ्चन गुरुङ रहेका छन् । उनीहरु सबैको अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ । घाईते प्रमिला र कञ्चन त्रिवेणी वराहामा मावि मुग्लिनमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु हुन् । ट्रक पुलबाट करिब १ सय मिटर तल खसेको छ ।