पाचौं भरतपुर महोत्सव शुरु, महानगरलाई सुन्दर बनाउन सबै एकजुट हौँ : उपमेयर पार्वती

चितवन, ३ चैत । चितवनमा भरतपुरको गौर गरिमामय प्रस्तुती रहेको पाचौं भरतपुर महोत्सव शुरु भएको छ ।  गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ युवा समाज भरतपुरको आयोजनामा आजबाट केन्द्रिय बस टर्मिनल भरतपुरमा महोत्सव शुरु भएको हो । महोत्सवको एक भव्य समारोहका विच भरतपुर महानगरपालिका उपप्रमुख पावर्तती शाहले उद्घाटन गरिन् ।

उद्घाटन समारोहमा बोल्दै सामाजिक उद्देश्यका साथ महोत्सव आयोजना गरिएको भन्दै आयोजकलाई धन्यवाद दिएकी छिन् । शाहले यस्ता कार्यहरु समाज परिवर्तन र विकासको सम्वाहक वन्नु आवश्यक रहेको बताईन् ।
चितवनको विकास र पर्यटन क्षेत्रको प्रर्वधनका लागि महोत्सव महत्वपूर्ण हुने शाहले बताईन् । शाहले मेलाको सफलताको कामना गरेकी छिन् । यस्तै शाहले महानगरलाई सुन्दर बनाउन सबै एक भएर लाग्नु पर्ने बताएकी छिन् ।

रंगशालालाई सहयोग गर्ने उद्धेश्यका साथ आयोजना गरिएको महोत्सवमा २ सय स्टलहरु रहेका छन् ।
स्थानीय उत्पादनलाई प्रथामिकता दिदै आयोजना गरीएको महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सब मुल आयोजक समितिका संयोजक अशिम भट्टराईले जानकारी दिए ।

मेला संञ्चालनका लागि ५० लाख भन्दा वढी खर्च लाग्ने र १ करोड आम्दानी गर्ने लक्ष्य रहेको सह संयोजक दिनेश कटुवालले बताए । १३ गते सम्म चल्ने सो मेलामा प्रत्यक दिन चर्चित कलाकारहरुको विशेष प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा युवा समाजका सल्लाहकार राकेशमान श्रेष्ठले मन्तब्य राखेका थिए । उद्घाटन समारोह समाजका अध्यष अशिम भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।