हुण्डाई एक्सचेन्ज् योजना चितवनमा पनि शुरु

 

चितवन, ३ चैत । चितवनमा पनि हुण्डाई एक्सचेन्ज् योजना सुरु भएको छ ।  हुण्डाई कारको लागि चितवनको आधिकारिक विक्रेता रहेको पिनाकल टे«डिङ्ग कन्र्सन प्रा.लि.ले हुण्डाई एक्सचेन्ज् देशभरि कार्यक्रम अन्र्तगत चितवनमा पनि सुरु भएको छ ।
विहिबारबाट सुरु हुने एक्सचेन्ज योजना चैत्र ५ गते सम्म चल्ने कम्पनीले जनाएको छ । यस योजनामामा पुरानो सवारी साधनको उचित मुल्याङ्कन, फाइनान्स सुविधा तथा अधिक छुट पाईने कम्पनीले जनाएको छ । ४ बर्षसम्म र्ममत सुबिधा तथा ३ बर्षको वारेन्टी पनी पाईने कम्पनीले जनाएको छ ।
यी बाहेक एक्स्चेन्ज अवधिभर कुनैपनि गाडिको एक्स्चेन्जमा विशेष उपहार प्रदान गरीने कम्पनीको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ । यस देश व्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । यो योजना नेपालको सम्पुर्ण सोरुममा उपलव्ध छ ।

नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले गत फाल्गुण ३० गते बिहिबार देखि हुण्डाई एक्सचेन्ज् क्रार्यक्रम देशभरि ल्याएको थियो ।
एक्सचेन्ज्का साथै स्पट एक्सचेन्ज्, मुल्यकंन,सरल फाईनान्स र इन्यासोरेन्स, उचित छुटसँगसगैँ १५ हजार रुपैयाँ बरावरको लोटरी वोनस र १ लाख ५ हजार रुपैयाँसम्मको एक्सचेन्ज वोनस साथै ४ बर्षको फ्रि सर्भीस्, ३ बर्षको वारेन्टी समेत यो कार्यक्रममा समावेश गरेको पिनाकल टे«डिङ्गका प्रबन्ध निर्देशक ईश्वरकुमार श्रेष्ठले बताए ।

यी बाहेक एक्स्चेन्ज अवधिभर हुण्डाई एल न्यू सेन्ट्रोसँग कुनैपनि गाडिको एक्स्चेन्जमा विशेष अफरका साथै हुण्डाई एल न्यू सेन्ट्रोको प्रत्येक टेस्ट ड्रभाईमा मा आकर्षक उपहारहरु प्रदान गरिने छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. का महाप्रवन्धक रुपेश शर्मा भट्ट भन्नुहुन्छ ूग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ । यस देश व्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । हुण्डाई एक्सचेन्ज् नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध छ ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले बर्ष भरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र हुण्डाई एक्सचेन्ज् क्यापमा निरन्तरता दिएको छ ।