साताको साहित्य पुरस्कार : कवि नविन प्यासीको कृति आर्शिवादलाई

 

चितवन,०२ चैत । साताको साहित्य पुरस्कार खोटाङका कवि नविन प्यासीको कृति आर्शिवादलाई प्रदान गरिएको छ । पछिल्लो समय फरकधारको कविता लेखेका कवि प्यासीलाई नगद २० हजार रुपैया राशीको पुरस्कार सहित सम्मान गरिएको हो । सातको साहित्य नामक साहित्यीक पत्रिकाको सो पुरस्कारको ब्यवस्था गरेको हो ।

साताको साहित्य पुरस्कार अर्पण समारोह एवम् कवि नवीन प्यासीको एकल कविता वाचन कार्यक्रममा पत्रिकाका कार्यकारी सम्पादक सुमन घिमिरे, कवि भूपिन लगायतले मन्तब्य सहित पुस्तकको समिक्षा गरेका थिए ।

कार्यक्रममा कवि नविन प्यासीको एकल कविता वाचन समेत गरिएको थियो । भरतपुरमा भएको कार्यक्रमको स्थानीय संयोजक कविडाडा साहित्य समाज रहेको थियो । समाजका अध्यक्ष एलबी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरेली कवि तीर्थ श्रेष्ठ प्रमुख अतिथि थिए ।