कविहरुले चौविसकोठीमा सम्झिए चैत्र ३ लाई…..

किरण राना
चितवन चैत्र २ । चितवनको चौविसकोठीमा आज ’सिर्जना चैत्रको ३’ को सन्दर्भमा सडक कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
प्रगतिशिल लेखक संघ (प्रलेस) चितवनको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्ष प्रलेस चितवनका अध्यक्ष विपन पाठक रहनु भएको थियो भने सभापति साहित्यकार सरिता तिवारी रहनुभएको थियो ।
कार्यक्रम मा मन्तब्य राख्दै अध्यक्ष पाठकले आफ्नो कार्यकालमा संघलाइ राम्रो बनाउने बताउदै हरेक कार्यक्रममा सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।संघमा राजनीतिलाइ प्रवेश गर्न नदिने प्रतिबद्धता ब्यक्त गर्दै पाठकले आउदो दिनमा अझ उत्कृष्ट कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रममा साहित्यकारहरु सरिता तिवारी,इन्दिरा रेग्मी राजेन्द्र घायल लगाएतले आ(आफ्नो कविता वाचन गर्नु भएको थियो ।
२०४६ चैत्र ३ गते राष्ट्रकविहरुले आयोजना गरेको कविता वाचनमा प्रहरीले धरपकट गरेर निर्मम दमन गरेको र उक्त दमनमा साहित्यकारहरु पारिजात, धुर्वचन्द्र गौतम, खडेन्द्र संग्रौला लगायत गिरफ्तार भएकाहरुको सम्झनाका लागी आज कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पाठकले बताउनुभयो ।