भारतीय ट्रकले किच्दा दुईको घटनास्थलमै मृत्यु

 

श्याम कुशवाह
वीरगंज,२९ फागुन । भारतीय ट्रकले किच्दा वीरगञ्जको शंकराचार्य गेटमा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । भारतबाट फलाम बोकेर नेपाल आउँदै गरेको एनएल ०१ जी ०९६२ नम्बरको ट्रकले ना ४६ प ९००९ नम्बरको मोटरसाईकलमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । रातिको ९ बजे मितेरी पुल र शंकराचार्य गेटको बीचमा दुर्घटना भएको हो । अबेर रातिसम्म मृतकहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतकको टाउको चेपिएकोले पहिचान खुल्न समस्या भएको हो ।

घटना स्थलमा पुगेको प्रहरीले शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पुर्याएको छ । ट्रक र चालक भारत विहारको भोजपुर जिल्ला गन्गौल निवासी ५५ वर्षीय हरेराम ठाकुरलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।