विप्लवको चेतावनीः सरकारको भण्डाफोर गर्छाैं

 

काठमाडौं, २९ फागुन । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाउने घोषणा गरेसँगै नेकपाले त्यसको भण्डाफोर गर्ने चेतावनी दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्व नेकपा आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।सरकारले लगाएको प्रतिबन्धबारे प्रारम्भिक प्रतिक्रिया दिँदै विप्लव नेकपाले सरकारी निर्णयको प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

सरकारको संविधानको मर्मविपरीत निर्णय गरेको बताउँदै पोलिटब्युरो सदस्य मोहनबहादुर कार्कीले कडा प्रतिकार गर्ने चेतावनी दिनुभयो । जनताकर्मी रुपक कुलालसँगको कुराकानीमा सरकारले मुडभेड निम्त्याएको भन्दै सदस्य कार्कीले आफूहरु मुडभेडका लागि तयार रहेको बताउनुभएको हो । अडियाे सुन्नुहाेस्ः